
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय रुपैयाँ सहित एक विदेशी नागरिक पक्राउ परेका छन्।
विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित इटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ईन्डिगो एयरको उडानबाट काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीको लागि पुल्चोकको हरिभवनस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ।