PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रहरीले 'आइओएम'को डीन कार्यालयको ताला खोल्यो, भवन बाहिर धर्नामा विद्यार्थी

प्रहरीले 'आइओएम'को डीन कार्यालयको ताला खोल्यो, भवन बाहिर धर्नामा विद्यार्थी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : त्रि वि शिक्षण अस्पतालमा प्रहरी र चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीबिच झडप भएको छ। विभिन्न माग राखेर महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन्।

आज त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डीन कार्यालयमा विद्यार्थीहरुले ताला लगाएका थिए। ताला खुलाउने क्रममा प्रहरी र विद्यार्थीबिच झडप भएको हो।

प्रहरीको हस्तक्षेपपछि ताला फोडिए पनि विद्यार्थीहरुले डीन कार्यालय बाहिर धर्ना दिइरहेका छन्।

आइओएमको छात्रावास विद्यार्थीहरुका लागि खुला गर्नुपर्ने, अध्ययनरत विद्यार्थीको लागि बसोवासको व्यवस्था गर्नुपर्ने लगायत चार बुँदे माग राख्दै आन्दोलन हुँदै आएको छ। हाल छात्रवासमा विद्यार्थी भर्ना नगर्दा विद्यार्थीहरु होस्टेलमा बस्न बाध्य भएको र आर्थिक भार बढेको होस्टेल सुधार समूह बनाएर आन्दोलनमा उत्रेका विद्यार्थीहरु बताउँछन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell