PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

अमेरिकाको क्यालिफोर्निया पछि आयोवामा पनि चल्यो गोली, दुईजनाको मृत्यु



पहिलोपोस्ट

अमेरिकाको क्यालिफोर्निया पछि आयोवामा पनि चल्यो गोली, दुईजनाको मृत्यु
Photo : Getty Images

अमेरिकाको आयोवा प्रान्तको डेस् मोनिस शहरमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ। सोमवार अमेरिकामा भएको यो तेस्रो गोलीकाण्ड हो।

आयोवामा मृत्यु हुने दुवैजना विद्यार्थी हुन्। गोली लागेको अवस्थामा १६ र १८ वर्षीय विद्यार्थी फेला परेको र अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। सो घटनामा थप एक जना घाइते भएको र उनी एक विद्यालयका कर्मचारी रहेको बताइएको छ। घाइते व्यक्तिको अवस्था गम्भीर रहेको स्थानीय संचारमाध्यमल उल्लेख गरेका छन्।

प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ। हाल उनीहरुसँग सोधपुछ भइरहेको छ।

सोमवार नै अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको थियो। गोली चलाउने व्यक्ति ६७ वर्षीय छाउ चुलीरहेको प्रहरीले जनाएको छ। हाल उनलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

सो व्यक्तिले दुईस्थानमा गोली चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ। चारजनाको शव च्याउ फार्ममा र बाँकी तीनजनाको शव 'ट्रकिङ' व्यवसाय भइरहेको स्थानमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रहरीले चुलीसँग 'सेमि अटोमेटिक' बन्दुक पनि फेला पारेको छ। उनको गोली लागेर थप एकजना घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ।

क्यालिफोर्नियामा नै दुई दिनमात्रै गोलीकाण्ड भएको थियो। सो घटनामा एक वृद्ध व्यक्तिले गोली चलाएर ११ जनाको हत्या गरेका थिए। पछि संदिग्ध व्यक्ति नै कारमा मृत फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell