PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

पाल्पा-गुल्मी सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने



पहिलोपोस्ट

पाल्पा-गुल्मी सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने

बुटवल : पाल्पा-गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ। सडक चौडा तथा मर्मतका लागि तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो।

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाका अनुसार बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ४ बजेसम्म र बेलुकी ६ देखि राति १० बजे गरि एकैदिन तीनपटक सडक बन्द हुनेछ।

निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा सडक बन्द गरेर काम गर्नुपरेको उनले बताए। एक महिनामा तोकिएको सडक चौडा तथा मर्मत कार्य सम्पन्न हुने निरौलाले बताए।

यो सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडा रुट प्रयोग गर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell