PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर



पहिलोपोस्ट

स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर

काठमाडौं : नेपाल टी-२० लिगमा स्पट फिक्सिङका क्रममा ६ देखि १० लाख रुपैयाँ सम्मको आर्थिक प्रलोभन खेलाडीहरुलाई दिइएको खुलेको छ। केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी)ले स्पट फिक्सिङमा खेलाडीहरुलाई 'फिक्सर' हरुले प्रलोभनमा पार्न खोजेको तथ्य सार्वजनिक गरेको हो।

ब्यूरोका अनुसार लिगमा स्पट फिक्सिङ गर्न १० जना संलग्न रहेको पाइएको छ। आज पत्रकार सम्मेलन गरि ब्यूरोले ६ जना विदेशी र चारजना नेपाली स्पट फिक्सिङमा संलग्न देखिएको जनाएको हो।

स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ गरिसकेको छ। ८ जनालाई पक्राउ गर्ने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell