PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

बाजुरामा भूकम्पका कारण केही घर क्षतिग्रस्त



पहिलोपोस्ट

बाजुरामा भूकम्पका कारण केही घर क्षतिग्रस्त

कैलाली : सुदूरपश्चिममा भूकम्प जाँदा केही घर क्षतिग्रस्त भएका छन्। आज दिउँसो २:४३ बजे बाजुराको मेलालाई केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्काका कारण बाजुराका केही घरहरुमा क्षति पुगेको छ। भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए। प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो।

सो भूकम्पको कम्पनका भारतको दिल्लीसम्म महसुस गरिएको थियो।

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell