PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मानव बेचबिखनको आरोपमा मनोज पाण्डेको कसुर ठहर, यौन दुर्व्यवहारमा ६ महिना कैद



पहिलोपोस्ट

मानव बेचबिखनको आरोपमा मनोज पाण्डेको कसुर ठहर, यौन दुर्व्यवहारमा ६ महिना कैद

काठमाडौंः सौन्दर्य प्रतियोगितामा भाग लिएको एक किशोरीमाथि यौन दुव्र्यवहार गरेको मुद्दामा मनोज पाण्डे दोषी ठहर भएका छन्। शैक्षिक परामर्श संस्थाका सञ्चालक समेत रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले मंगलबार दोषी ठहर गरेको हो। यौन दुव्र्यवहारमा पाण्डेलाई न्यायाधीश दीपक ढकालको इजलासले ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको आदेश गरेको छ। 

साथै, सोही इजलासले पाण्डेलाई मानव बेचबिखनमा पनि दोषी ठहर गरेको छ। उक्त मुद्दामा कसुर ठहर भए पनि सजाय निर्धारण भने भएको छैन। तीन वर्ष वा सोभन्दा बढी सजाय हुने मुद्दामा कसुर ठहरपछि सजाय निर्धारण हुने कानुनी व्यवस्था छ। माघ २३ गते सजाय निर्धारणका लागि मुद्दा पेश हुनेछ। कसुर ठहर गर्ने इजलासले नै सजाय निर्धारण पनि गर्ने कानुनी व्यवस्था छ। 

पाण्डेमाथि जबर्जस्ती करणीको आरोप लागे पनि उजुरी गर्ने हदम्यादका कारण सरकारी वकिलले मानव बेचबिखनमा मुद्दा चलाएको थियो। ६ वर्षअघिको घटनामा किशोरीले पाण्डेमाथि होटलमा बन्धक बनाइ बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

मानव बेचबिखनमा पाण्डेलाई दशदेखि १५ वर्षसम्म कैद सजायको माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell