PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

मधेस प्रदेशमा बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट, एमालेका सरोजले पाए भौतिक पूर्वाधार



पहिलोपोस्ट

मधेस प्रदेशमा बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट, एमालेका सरोजले पाए भौतिक पूर्वाधार

जनकपुरधामः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिना विभागीय मन्त्रीहरुको जिम्मेबारी बाँडफाँट गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरिएको हो। मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको ११ दिनपछि मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका हुन्।

एमालेबाट सरकारमा सहभागी एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहलाई सामाजिक विकास मन्त्रालय र जनता समाजवादी पार्टीका सञ्जय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यता मुख्यमन्त्री यादवले एक दुई दिन भित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी समेत गरेका छन्। अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell