PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

बाजुरा भूकम्पः एक जनाको मृत्‍यु, यस्तो छ क्षतिको प्रारम्भिक आकलन



पहिलोपोस्ट

बाजुरा भूकम्पः एक जनाको मृत्‍यु, यस्तो छ क्षतिको प्रारम्भिक आकलन

काठमाडौंः बाजुरामा भूकम्पबाट १ जनाको मृत्यु भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार बाजुरा, बझाङ र हुम्लामा ४ जना घाइते भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाजुरामा ५ वटा घर पूर्ण र २१ घर आंशिक क्षति पुगेको छ। ३ वटा सरकारी भवनमा पनि क्षति पुगेको छ।

यसैगरी बझाङमा ३ वटा घर र ५ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ।

आज दिउँसो २:४३ बजे बाजुराको मेलालाई केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हाल जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको र सम्पूर्ण विवरण आएपछि मात्र थप जानकारी प्राप्त हुने बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell