PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'फूलबारी'को ट्रेलरः असमझदारीले परिवारमा आउने उतारचढावको कथा



पहिलोपोस्ट

'फूलबारी'को ट्रेलरः असमझदारीले परिवारमा आउने उतारचढावको कथा

काठमाडौं: रामबावु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा असमझदारीले गर्दा परिवारमा आउने उतारचढावको कथा देखाइएको छ।

ट्रेलरमा विपीन कार्की र अरुणा कार्की वृद्ध दम्पतीको भूमिकामा देखिएका छन्। सन्तान र अभिभावकबीचको प्रेम सम्बन्ध र वैचारिक असमक्षदारीले गर्दा उत्पन्न हुने समस्यालाई ट्रेलरले समेटेको छ।

फिल्ममा विपीन र अरुणाका साथै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनीष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्म फागुन ५ देखि प्रदर्शन हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell