PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

जब हिमाली जिल्लामा हिउँ पर्‍यो...

जब हिमाली जिल्लामा हिउँ पर्‍यो...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मंगलवारदेखि कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा हिमपात भइरहेको छ।

कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ। हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन्।

उच्च हिमाली जिल्लामा हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन्। जुम्लामा प्रशासनले चिसोबाट बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएको छ। 

यो वर्ष ढिला गरि हिमपात भएको हो त्यसैले हिउँ पर्दा भने किसान हर्षित भएका छन्। सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसान भने पहिलोपटक हिउँ परेपछि खुसी भएका हुन्। हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस र माघमा हिमपात हुनुपर्ने यहाँका किसान बताउँछन्।

सबै तस्विर : रासस



ट्रेन्डिङ पोस्ट

Ncell