PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अब विद्युतीय गाडीमा हरिवंश सरर



पहिलोपोस्ट

अब विद्युतीय गाडीमा हरिवंश सरर

काठमाडौं : कलाकार हरिवंश आचार्यले विद्युतीय एसयूभी गाडी किनेका छन्। मंगलबार आचार्यले बीवाइडीको एटो ३ मोडल खरिद गरेका हुन्।

उनले सामाजिक संजालमा ‘आजबाट म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने बीवाइडीको गाडीमा’ भनेर लेखेका छन्।

आचार्य बीवाइडी एटो ३ को ब्राण्ड एम्बेस्डरसमेत हुन्। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आचार्यले विद्युतीय सवारीसाधन छनोट गरेर इभीको विस्तारमा हौसला प्रदान गरेको बताएको छ।

आचार्यलाई मंगलबार नै साइमेक्सले गाडी डेलिभरी दिइएको जनाएको छ। नेपालमा यो गाडीको मूल्य ८९.९० लाख रुपैयाँ कायम गरेर बिक्री सुरु गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell