PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

अमेरिका र जर्मनीले रसियाविरुद्ध लड्न युक्रेनलाई 'ट्याङ्क' पठाउने



पहिलोपोस्ट

अमेरिका र जर्मनीले रसियाविरुद्ध लड्न युक्रेनलाई 'ट्याङ्क' पठाउने
Photo : AFP / Getty Images

द्वन्द्वग्रस्त युक्रेनमा सैन्य ‘ट्याङ्क’ पठाउन अमेरिका र जर्मनी तयार भएको बीबीसीले उल्लेख गरेको छ। महिनौंको छलफलपछ दुवै राष्ट्र ट्याङ्क पठाउन तयार भएको हो।

अमेरिकाले एम वान एब्रम्स ट्याङ्कहरु युक्रेन पठाउने तयारी गरेको हो। यस्तै, जर्मनीले लेपर्ड टू ट्याङ्क पठाउने भएको छ। दुवै राष्ट्रले १२ वटा भन्दा ट्याङ्कहरु पठाउनेछन्। अमेरिका र जर्मनीलाई रसियाविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिन दबाब बढिरहेको बेला यो घोषणा भएको हो।

रसियाले भने अमेरिका र जर्मनीको यो कदमलाई ‘उत्तेजना फैलाउने कार्य’ भनेको छ।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि युद्ध सुरु भएको थियो। युद्ध भएको ३३६ दिन भइसक्दा पनि शान्ति कायम हुने सम्भावना छैन। पश्चिमा राष्ट्र युद्ध अन्त्य गर्न प्रयासमा भन्दा युक्रेनलाई थप हतियार दिएर रसियाविरुद्धको अभियानमा लागेका छन्। यता युक्रेन पनि तत्काल शान्ति सम्झौता गर्ने पक्षमा देखिँदैन। रसियाले पनि आफ्नो लक्ष्य पूरा नभएसम्म सैन्य गतिविधि नरोक्ने बताइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell