PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन



पहिलोपोस्ट

संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

काठमाडौं : मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ।

उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो।

जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell