PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

त्रिवेणीघाटमा माधव नारायणको स्नान : पनौती पुगे परदेश यात्रा व्रतालु

त्रिवेणीघाटमा माधव नारायणको स्नान : पनौती पुगे परदेश यात्रा व्रतालु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : साँखुको शालीनदीमा माधव नारायण व्रत बसेका व्रतालुहरु पनौती पुगेका छन्। हरेक वर्ष 'परदेश यात्रा' क्रममा साँखुबाट हिँड्दै व्रतालुहरु पनौतीको त्रिवेणीघाट पुग्ने गर्छन्।

वर्षमा तीनपटक परदेश यात्रामा निस्कने क्रममा माधव नारायणसहित व्रतालुको टोली मंगलवार राति हिँड्दै काभ्रेको पनौती पुगेको हो। राति पनौतीकै त्रिवेणीघाटमा बास बसेका व्रतालुहरुले आज बिहानै नदीमा स्नान गरेका छन्।

यात्रामा सहभागी हुने व्रतालुहरुले चिउरा, सुन्लता, घ्यू, चाकु, रातो मुला, अदुवाको व्यवस्था आफैँले गर्नुपर्ने नियम छ। परदेश यात्राको क्रममा माधवनारायणलाई यसअघि पशुपति, फर्पिङ, चांगुनारायण र पनौती लग्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell