PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

समान विचार भएकालाई पार्टीमा भित्र्याउन राप्रपा नेपालले बनायो वार्ता कमिटी



पहिलोपोस्ट

समान विचार भएकालाई पार्टीमा भित्र्याउन राप्रपा नेपालले बनायो वार्ता कमिटी

काठमाडौं : राप्रपा नेपालले समान विचारधारा भएका दलसँग सहकार्य गर्न वार्ता समिति गठन गरेको छ। उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठन भएको वार्ता समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेका छन्।  

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठक 'राप्रपा नेपाललाई फेरी उठाउँछौ' भन्ने संकल्पका साथ सम्पन्न थियो। बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्ने निर्णयसमेत गरेको थियो।          

कमिटीका सदस्य बर्तौलाका अनुसार पार्टीले अबलम्बन गरेको नीति, बिचारसँग सहमत हुने पार्टी, संघसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मुर्त रुप दिन यो कमिटीले काम गर्नेछ। निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ-संस्थाहरुसँग तुरुन्तै संवाद शुरु हुने गरी तयारी गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell