PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुष्माको कन्फिडेन्स : प्रतिद्वन्द्वी 'डिफेन्सिभ' र 'एट्याकिङ' दुबै खेल्छिन्, म पनि बुद्धिमानीपूर्वक खेल्ने छु



पहिलोपोस्ट

सुष्माको कन्फिडेन्स : प्रतिद्वन्द्वी 'डिफेन्सिभ' र 'एट्याकिङ' दुबै खेल्छिन्, म पनि बुद्धिमानीपूर्वक खेल्ने छु

काठमाडौं : थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौल समूहमा फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमतापूवर्क खेल्ने बताएकी छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अघिल्ला खेलका अनुभव र फाइनलमा उच्च प्रदर्शनका लागि शुभकामना दिन गरिएको भिडियो कलमा सुष्माले भनिन् : उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ दुवै खेल्छिन्। मैले उनको खेल नियालेकी छु। म पनि अगाडि बढेर बूद्धिमानीपूर्वक खेल्ने स्ट्रटेजी बनाएकी छु।

घिसिङले शुभकामना दिँदै फाइनल पुगेकोमा सिंगो देश र म एकदम खुशी र उत्साहित भएको बताए। 'राष्ट्रलाई स्वर्ण दिलाउनेमा विश्वास गरेको छु। सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि मैले यसबारे जानकारी गराएको छु। उहाँ पनि निकै उत्साहित हुनुहुन्छ। फाइनलका लागि धेरैधेरै शुभकामना। म लाइभ हेरिरहेको हुनेछु,’ उनले भने।

सुष्माले बुधबार उज्वेकिस्तानकी खेलाडीसँग फाइनल खेल्ने छिन् ।

थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसियन यु-२२ मेन्स एण्ड उमन्स बक्सिङ प्रतियोगिताको महिलातर्फ न्यूनतम तौल ४८ किलो समूहमा भएको सेमिफाइनलमा मंगोलियाका प्रतिद्वन्द्वी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै फाइनलमा उज्वेकिस्तानका खेलाडी फोजिलोभा फरजोनासंग फाइनलमा भेट पक्का गरेका छन्। उज्वेक खेलाडी फोजिलोभाले आयोजक राष्ट्र थाइल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५ः० को अंकको आधारमा पराजित गरेकी छन्। सुस्माले जितेको उक्त पदक नेपाल बक्सिङ संघको स्थापनाकालदेखि हालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ। यसअघि नेपालले एसियनस्तरमा कास्य पदकसम्म नै सीमित रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell