PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

हिउँ पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, फस्यो जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको गाडी



रासस

हिउँ पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, फस्यो जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको गाडी
फाइल फोटो।

जुम्ला : हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। बुधवार कालीकोटको तिलागुफा नगरपालिका-४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको प्रहरीले जनाएको छ। पहिरो खुलाउने पहल भइरहेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार राजमार्गमा खसेको पहिरो खुलाउने काम भइरहेको छ। हिमपातले राजमार्गसमेत अवरुद्ध हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell