PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

‘किसीका भाइ किसीकी जान’को टिजरमा सलमानको एक्सन अवतार



पहिलोपोस्ट

‘किसीका भाइ किसीकी जान’को टिजरमा सलमानको एक्सन अवतार

सलमान खान अभिनित बलिउड फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ।

सलमानको बोल्ड अवतार र एक्शन दृश्यहरुले टिजरलाई आकर्षित बनाएको छ। तर, यस फिल्ममा पनि सलमानले पुरानै एक्सन शैली पछ्याएका छन्।

फिल्ममा सलमानका साथै पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ। फिल्म ‘किसीका भाइ किसीकी जान’ सन् २०२३ को इदमा रिलिज हुनेछ।

सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्। यसै वर्ष सलमानको अर्को फिल्म ‘टाइगर ३’ पनि रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell