PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘कामिनो’ चार भाषामा बन्ने



पहिलोपोस्ट

प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘कामिनो’ चार भाषामा बन्ने

काठमाडौं : फिल्म ‘कामिनो’मा अभिनेता प्रदीप खड्का अनुबन्धित भएका छन्। दीपक ओलीको निर्देशनमा बन्ने यस फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मको स्क्रिप्ट र टिम मन परेकाले प्रदीप यो फिल्ममा काम गर्न राजी भएको बताइएको छ। प्रदीप र ‘कामिनो’ निर्माण पक्षबिच गत शुक्रवार औपचारिक सम्झौता भएको थियो।

एक्सेस नेपाल फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्ममा पूर्ण लामाले क्रियटिभ निर्देशकका रुपमा रहेका छन। फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन्। स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो।

प्रेम, रोमान्स र सस्पेन्स प्रस्तुत गरिएको फिल्मको छायाङ्कन नेपाल र ल्याटिन अमेरिकाका विभिन्न स्थानमा हुनेछ।

चैतको तेस्रो साताबाट छायाङ्कन सुरु हुने फिल्मको मुख्य अभिनेत्री र अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै गर्ने तयारी निर्माण पक्षको छ। यो फिल्म नेपालीका साथै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा बन्ने  बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell