PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालमा पनि देखियो शाहरुखको क्रेज, पहिलो दिनमै ‘पठान’ले कमायो २ करोड



पहिलोपोस्ट

नेपालमा पनि देखियो शाहरुखको क्रेज, पहिलो दिनमै ‘पठान’ले कमायो २ करोड

काठमाडौं : शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ले आक्रामक व्यापार गरेको छ। हिजोदेखि प्रदर्शन भएको यस फिल्मले दर्शक र समीक्षकबाट पनि सकरात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रदर्शनको पहिलो दिन यस फिल्मले भारतभरि ५४ करोड भारतीय रुपैयाँ बढीको व्यापार गरेको छ। त्यसैगरी, भारतभरको ग्रस कलेक्सन भने ६२ करोड भारु रहेको छ। योसँगै ‘पठान’ शाहरुखको बक्स अफिसमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ। यसअघि खानको ‘ह्याप्पी न्यू इयर’ ले ४४.९७ करोडको व्यापार गरेको थियो।

योसँगै पठानले ‘ठग्स अफ हिन्दुस्तान’को रेकर्ड तोडेको छ। यस फिल्मले पहिलो दिन ५२.२५ करोडको व्यापार गरेको थियो। योसँगै यसले ‘बाहुबली २’ को हिन्दी कमाईलाई पनि पछाडि पारेको छ। साथै, बुधवार र बिहीवार गरी फिल्मले एक सय करोड आकंडा पार गर्ने अनुमान लगाइएको छ।

भारतमा मात्रै होइन नेपालमा पनि यस फिल्मले बम्पर ओपनिङ गरेको छ। यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले करिब साढे दुई करोड रुपैयाँमा नेपाल भित्र्याएको हो। नेपालका १५० हलबाट रिलिज भएको यस फिल्मले उत्साहजनक शो पाएको थियो। नेपालभरि पहिलो दिनमा फिल्मले २ करोडको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए।

‘पठानले नेपालमा आक्रामक व्यापार गरिरहेको छ। अहिले पठानका सबै शोहरु हाउसफुल छन्। फिल्मले पहिलो दिन २ करोड रुपैयाँको कलेक्सन गरेको छ,’ राठीले भने।

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनको साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि यो शाहरूखको कमब्याक फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell