PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

टिपर दुर्घटनामा चालकको मृत्यु



पहिलोपोस्ट

टिपर दुर्घटनामा चालकको मृत्यु
File Photo

काठमाडौं : पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका-५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो।

दुर्घटनापश्चात् खोजतलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell