PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चर्चामा नाजिर हुसेनको 'गुलावी‍' लुक



पहिलोपोस्ट

चर्चामा नाजिर हुसेनको 'गुलावी‍' लुक

काठमाडौं : समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुलावी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता नाजिर हुसेनलाई फरक रुपमा प्रस्तुत गरिएको छ।

पोस्टरमा नाजिर 'ट्रान्स वुमन'को लुकमा देखिएका छन्। गाजल, टिकी र नथिया लगाएको नाजिकको सो तस्विर अहिले चर्चामा छ। पारलैङ्गिकताको कथामा बनेको यस फिल्मका लागि नाजिरले १५ केजी तौल समेत घटाएका थिए।   

फिल्ममा नाजिर गुलावी पात्रको भूमिकामा देखिनेछन्। फिल्ममा नाजिरका साथै संचिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका अभिनय छ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा निर्देशक भट्टकै कथा रहेको छ। पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्। फिल्मको प्रदर्शन मिति भने चाँडै तय गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell