PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बैशाख १ मा दयाहाङका दुई फिल्म एकआपसमा भिड्दै



पहिलोपोस्ट

बैशाख १ मा दयाहाङका दुई फिल्म एकआपसमा भिड्दै

काठमाडौं : दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'बिहे पास' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुने पक्का भएको हो। 

बिहेपासको प्रदर्शन मिति तय भएसँगै अब दयाहाङकै दुईवटा फिल्महरु एकआपसमा भिड्ने भएका छन्। सोही मितिमा दयाहाङ र मिरुना मगरको फिल्म ‘जारी’ को रिलिज डेट यसअघि 'फिक्स्ड' भइसकेको छ।

बैशाख १ गते नै ‘भगवत् गीता’, ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’ पनि रिलिज हुने 'लाइन अप'मा छन्।

प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिका साथै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell