PahiloPost

Sep 26, 2024 | १० असोज २०८१

काठमाडौंस्थित भारतीय दूतावासमा मनाइयो भारतको ७४औँ गणतन्त्र दिवस



रासस

काठमाडौंस्थित भारतीय दूतावासमा मनाइयो भारतको ७४औँ गणतन्त्र दिवस
फाइल फोटो।

काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो। कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पढेर सुनाइएको थियो।

सम्बोधनमा राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीजीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गरेकी छन्। साथै, उनले जी-२० मा भारतले पाएको अध्यक्षता सिङ्गो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवर्द्धन गर्ने अवसर भएको उल्लेख गरिन्।

कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई चार करोड ६० लाख रुपैयाँ नगद र कम्बल वितरण गरी सम्मान गरेका थिए। सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे। दूतावासले विभिन्न २३ संस्थालाई १६ लाख रुपैयाँ बराबरको पुस्तक उपहार स्वरुप वितरण गर्ने जनाएको छ।

सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दाहोर्‍याउँदै, दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू-२०२२ पत्रिकाको लोकार्पण गरेको छ। कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell