PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘ज्याकी: आइएम ट्वान्टी वान’ को मुख्य भूमिकामा धिरज मगर



पहिलोपोस्ट

‘ज्याकी: आइएम ट्वान्टी वान’ को मुख्य भूमिकामा धिरज मगर

काठमाडौं : धिरज मगरको मुख्य भूमिका रहेको ‘ज्याकी: आइएम ट्वान्टी वान’ को घोषणा भएको छ। बिहिबार निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको नाम र कलाकारबारे जानकारी दिएको हो।

यो चलचित्रको नाम सुरुमा ‘आई एम ट्वान्टी वान’ राखिएको थियो। लक्षित उमेर समुहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शीर्षकमा ‘ज्याकी’ थपिएको निर्देशक रेनशा राई राणाले जानकारी दिइन्। धिरज फिल्ममा ज्याकीको भूमिकामा देखिनेछन।

फिल्ममा धिरजसँगै जसिता गुरुङ र अरुण क्षेत्रीको पनि मुख्य भूमिका छन्। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको फिल्म बैशाख २१ गते रिलिज हुने सम्भावना छ।

कोरोना महामारीको समयमा छायांकन गरिएको ‘ज्याकी: आइएम ट्वान्टी वान’ रेनशाको दोस्रो निर्देशकिय फिल्म हो। कोरियोग्राफर रेनशाले ‘इन्टु मिन्टू लण्डनमा’ बाट निर्देशनमा हात हालेकी थिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell