PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको राष्ट्रिय सहमतिका लागि गृहकार्य गर्ने



पहिलोपोस्ट

माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको राष्ट्रिय सहमतिका लागि गृहकार्य गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि हुने निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी कमिटीको बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रपतिबारे छलफल हुने बताएका हुन्।

'एमाले, कांग्रेस र माओवादी सहितको राष्ट्रिय सहमति भनिएको हो। एमाले र कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन्,' पौडेलले भने।

फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदैछ। त्यसैले दलहरु अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रित छन्।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेका थिए।

शुक्रवार बिहान ११ बजे सम्मका लागि स्थायी कमिटीको बैठक स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell