PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

इजरायली सेनाको कारवाहीमा ९ जना प्यालेस्टाइनी नागरिकको मृत्यु



पहिलोपोस्ट

इजरायली सेनाको कारवाहीमा ९ जना प्यालेस्टाइनी नागरिकको मृत्यु
Photo : Reuters

इजरायली सेनाको कारवाहीमा 'अकुपाइड वेस्ट ब्याङ्क'मा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा वृद्ध महिलासमेत रहेको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन्।

इजरायलले भने प्यालेस्टियन इस्लामिक जिहादविरुद्ध सो कारवाही गरेको दाबी गरेको छ। लडाकूहरुलाई पक्राउ गर्ने क्रममा तीनजनाले गोली चलाएको र त्यही क्रममा उनीहरु मारिएको इजरायलले जनाएको छ। एकजनाले भने आत्मसमर्पण गरेको बताइएको छ।

प्यालेस्टाइनका स्वास्थ्य मन्त्री मिया अल काइलाले जेनिनको अवस्था अत्यान्त गम्भीर रहेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell