PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

कैलालीमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने



पहिलोपोस्ट

कैलालीमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

कैलाली : कैलालीमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि धनगढीमा ‘धर्मदेव–पशुपतिदेवी स्मृति प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७९’ सञ्चालन हुने भएको हो। प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता सञ्चालन हुने बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

क्लबका संयोजक मेम्बर सिंहका अनुसार देशभरमै सर्वाधिक पुरस्कार राशिको ब्याड्मिन्टन प्रतियोगिता प्रदेशमा सञ्चालन हुन लागेको हो। प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन इभेन्टमा सञ्चालन गरिने उनले बताए। खुल्ला डबल्समा प्रथमलाई १ लाख २१ हजार, द्वितीयलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने छ।

४५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ३१ हजार, द्वितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए।

प्रतियोगिताको जम्मा पुरस्कार राशि चार लाख नौ हजार हुनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडी ओपन डबलमा ३ हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क तोकिएको छ। प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाई सिट निकालिने उनले बताए । सटर कटमा योनेक्स सनराज प्रायोजक रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell