PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

श्रीपञ्चमीको रात पशुपति क्षेत्रमा यस्तो देखियो वाग्मती आरती

श्रीपञ्चमीको रात पशुपति क्षेत्रमा यस्तो देखियो वाग्मती आरती

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ। हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। 

सरस्वती पूजाको रात पशुपतिनाथ मन्दिर परिसरमा पनि भक्तजनको घुइँचो लाग्यो। दैनिक हुने आरतीमा सहभागी हुन वाग्मती किनारमा मानिसको भिड थियो।



ट्रेन्डिङ पोस्ट

Ncell