PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सार्वजनिक यातायात सुधारका लागि मन्त्री श्रेष्ठले गठन गरे कार्यदल



रासस

सार्वजनिक यातायात सुधारका लागि मन्त्री श्रेष्ठले गठन गरे कार्यदल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्। सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द्र पौडेल रहेका छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ।

कार्यदलमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक डा पदम बहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जिनियर विजय गौतम सदस्य रहेका छन्। कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहनेछन्। कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell