PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

लोक दोहोरी गायक भीम पौडेलको निधन



पहिलोपोस्ट

लोक दोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं : लोक दोहोरी गायक भीम पौडेलको निधन भएको छ। उनको स्याङ्जास्थित घरमै बिहीवार राती ११:३० बजे निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए।

‘उहाँ लोकदोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेको भाइ हो। विगत १०/१२ वर्षदेखि उहाँ लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो,’ विजीले भने।

पहिलेदेखि नै बिरामी भइरहने उनी डिप्रेसनको सिकार समेत भएको विजीले सुनाए। भने, ‘उहाँ पहिलेदेखि नै शारीरिक रुपले कमजोर हुनुहुन्थ्यो। पछिल्लो समय पनि उहाँ डिप्रेसनमा भएको कुरा सुनेँ। तर हामीलाई भने उहाँले आफ्नो बारेमा केही भन्नू भएको थिएन।’

पछिल्लो समय उनी लाइभ दोहोरीमा बढी चर्चित थिए। एक महिना अघि मात्रै उनको ‘रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell