PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

आसिफ शेखले जिते ‘आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’



पहिलोपोस्ट

आसिफ शेखले जिते ‘आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’

काठमाडौं : नेपाली विकेट किपर आसिफ शेखले ‘आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ जितेका छन्। आयरल्याण्डविरुद्धको खेलमा रन लिने क्रममा लडेका एन्डी म्याक्ब्राइनलाई रन-आउन नगरेका शेखले उक्त अवार्ड पाएका हुन्

क्रिकेटको सर्वोच्च निकाय इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले ‘आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ हरेक वर्ष दिने गर्छ। खेलको स्पिरिटलाई कायम राख्ने खेलाडी वा टिमलाई यो अवार्ड दिने गरिन्छ।

‘आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ जित्ने आसिफ पहिलो नेपाली क्रिकेटर बनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell