PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने, विजेताले पाउनेछन् २ लाख पुरस्कार



पहिलोपोस्ट

‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने, विजेताले पाउनेछन् २ लाख पुरस्कार

काठमाडौं : म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा ‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने भएको छ। बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमका बिच फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको बताइएको हो।

यस प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्नेछन्। कार्यक्रममा नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म प्रतियोगिता गतिलो प्लेटफर्म बन्ने बताए।

प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार र चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ। यसरी आएका स्क्रिप्टलाई निर्णायकद्वारा ३ दिन प्रशिक्षण दिइनेछ।

सो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ। छानिएका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन्। यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो विजेताले २ लाख पुरस्कार पाउनेछ।

आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै अभिनय, छायाङ्कन, सम्पादन र ध्वनीमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन्।

सर्ट फिल्म कम्पिटिसिनमा निर्णायकमा रुपमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी रहनेछन्। अनुप बरालले सर्ट फिल्मलाई बिरुवाको सानो रुपको रुपमा व्याख्या गर्दै सर्ट लम्बाइको हिसाबले सानो भएपनि सानो बनाउन झन् ठूलो मेहनत लाग्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell