PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्ने



पहिलोपोस्ट

मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्ने

काठमाडौं : मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्ने घोषणा भएको छ। पत्रकार लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखनमा बन्ने फिल्मले चलचित्र विकास बोर्डबाट इजाजत पनि लिइसकेको छ।

फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी र मनिषा सापकोटाको अभिनय रहनेछ। फिल्मका अन्य कलाकारहरुको भने तय हुन सकेको छैन।

दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन फागुन महिनादेखि सुरु गरिने बताइएको छ।

फिल्मको शीर्षक सतीदेवी भएपनि हिन्दू धर्मकी देवी सतीदेवीबारे फिल्म आधारित नभएको सुवेदीले स्पष्ट पारे। फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भन्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell