(22)12.jpg)
काठमाडौं : साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
गत बिहीबार सुन तोलामा ७ सयमात्रै बढेको थियो। तर, उक्त दिन हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो।
चाँदीको कारोबार मूल्य दुई दिनदेखि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा लगातार वृद्धिले मूल्य उच्च भइरहेको छ। लगानीकर्ता सुनतर्फ आकर्षित छन्। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १९२१.६१ डलर र चाँदी प्रतिऔंस २३.८३ डलर छ।