PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा बनाउन माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा



पहिलोपोस्ट

राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा बनाउन माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे निर्णय गर्न माओवादीको बैठक सुरु भएको हो। बिहीवार पनि बैठक बसेको थियो।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रका नेताहरुका अनुसार राष्ट्रपतिको निर्वाचनमा दाहालले नेपाली कांग्रेस सहितको राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन्।

फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell