PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लागूऔषधसहित जनकपुरधामबाट चारजना पक्राउ



पहिलोपोस्ट

लागूऔषधसहित जनकपुरधामबाट चारजना पक्राउ

जनकपुरधाम :  लागूऔषधसहित जनकपुरधामबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्युरो शाखा जनकपुरधामबाट खटेको प्रहरीको संयुक्त टोलीले चारैजनालाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रदिप क्षेत्रीले जानकारी दिए।

पक्राउ पर्नेमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव छन्। यस्तै, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ र ज ६ प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिएका छन्।

प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषध उनीहरुको साथबाट बरामद गरेको हो। बिहिबार अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell