PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

'कि विकल्प देउ कि लालपूर्जा देउ' भन्दै सुकुम्बासीको प्रदर्शन

'कि विकल्प देउ कि लालपूर्जा देउ' भन्दै सुकुम्बासीको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौं महानगरले प्रक्रिया नै पूरा नगरी आफूहरुलाई हटाउन लागेको भन्दै सुकुम्बासीहरु संघर्षमा छन्।

आज माइतीघर मण्डलामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले धर्ना दिएको थियो। त्यसपछि उनीहरुले बानेश्वरसम्म र्‍याली निकालेका थिए।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हक अधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन प्रदर्शन गरेको मोर्चाले जनाएको छ।

प्रदर्शनका क्रममा उनीहरुले विकल्प बिना उठिवास बन्द गर, भू स्वामित्वसहितको लालपूर्जा वितरण गर लगायतका नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell