PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रविको नागरिकता विवादमा पक्ष र विपक्षका वकिलहरुले सकाए बहस, आजै फैसला आउँला?



पहिलोपोस्ट

रविको नागरिकता विवादमा पक्ष र विपक्षका वकिलहरुले सकाए बहस, आजै फैसला आउँला?

काठमाडौं : सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ सकिएको छ।

आज मुद्दाको पक्ष र विपक्षमा रहेका अधिवक्ताहरुले संवैधानिक इजलासमा बहस सम्पन्न गरेका हुन्। रविविरुद्धको मुद्दा सरकारवादी मुद्दा भए पनि सरकारी पक्षले नै रविको पक्षमा वकालत गरेका थिए।

अधिवक्ता रबिराज बसौला र युवराज सफलले रविको संसद सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए। मुद्दाको बहस सकिएकाले फैसला आजै पनि आउन सक्ने जनाइएको छ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell