PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

सरकारको खर्च बढ्यो, आम्दानी बढेन : खाता १ खर्बले ऋणात्मक, खर्च ६ खर्ब नाघ्यो



पहिलोपोस्ट

सरकारको खर्च बढ्यो, आम्दानी बढेन : खाता १ खर्बले ऋणात्मक, खर्च ६ खर्ब नाघ्यो

काठमाडौं : सरकारको खाता पुनः १ खर्बले ऋणात्मक भएको छ। पुसमा उठेको राजस्वले समेत सन्तुलनमा नआएपछि खाता घाटामा गएको हो।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्ष बिहीबारसम्ममा सरकारले ६ खर्ब ६ अर्ब ४२ करोड खर्च गरेको छ। चालु वर्षको ६ महिना १२ दिनको यो अवधिमा उक्त खर्चका लागि आम्दानी भने ५ खर्ब ५ अर्ब मात्रै गरेको छ।

यो अवधिमा सरकारको ४ खर्ब २० अर्ब कर शीर्षकमा संकलन भएको छ। गैरकर शीर्षकमा ४८ अर्ब २५ करोड संकलन भएको छ। अनुदान शीर्षकमा ४ अर्ब ८० करोड संकलन भएको छ।

चालु शीर्षकमा सरकारले सबैभन्दा धेरै खर्च गरेको छ। यो शीर्षकमा ४ खर्ब ८० अर्ब खर्च भएको छ। विकास खर्च ५८ अर्ब ६३ करोड खर्च भएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ६७ अर्ब ७६ करोड खर्च भएको छ।

सरकारले चालु वर्ष वैदेशिक अनुदान र वैदेशिक सहायतामा उल्लेखनीय प्रगति गर्न सकेको छैन। त्यसैले चालु खर्च धान्न लागि पनि आन्तरिक ऋणको भर पर्नुपरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell