PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

'छड्के २' को टिजर सार्वजनिक



पहिलोपोस्ट

'छड्के २' को टिजर सार्वजनिक

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के ’ को टिजर सार्वजनिक भएको छ। 

ग्याङस्टार लुकमा देखिएका अनमोललाई  'ग्याङ लिडर'को रुपमा प्रस्तुत गरिएको छ। अनमोल यसअघि पनि एक्सन अवतारमा देखिएका थिए। तर उनले बोल्ने तरिका र अभिनयको भने आलोचना हुँदै आएको छ। यसपटक भने अनमोलले यस फिल्ममार्फत आफूलाई निखार्न खोजेको देखिन्छ। टिजरले ग्रीन ग्याङ्ग र रोयल मनाङ्ग ग्याङबिचको द्वन्द्वलाई पछ्याउँछ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्य रहेको छ। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।

‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो। मनाङ र चितवनमा छायाङ्कन भएको यो फिल्म आगामी फागुन १९ गते रिलिज हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell