PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट



पहिलोपोस्ट

केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट

काठमाडौँ: केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट सुरु हुने भएको छ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै प्रत्येक खेलको विजेताले २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्दा उदीयमान खेलाडीले ५० हजार प्राप्त गर्ने आयोजक युवा संघले जनाएको छ।

'केपी ओली कपको नाममा एउटा लेगेसी ट्रासफर्म हुन्छ। यो दीर्घकालीन जान्छ। यो सुरुवातमात्र हो,' संघका अध्यक्ष किरण पौडेलले भने, 'प्रतियोगिताका लागि ठोस रुपमा प्रायोजन आजको दिनसम्म छैन। मूलभूत रुपमा संगठनका साथीहरु विभिन्न पेसा, व्यवसायमा हुनुहुन्छ। ठूलो रेस्टुराँको सञ्जालदेखि धेरै कर्मचारी भएका संस्थाहरुसम्म हाम्रै साथीहरुका छन्। यो हुनाले सबै साथीहरुबाट सहयोग मिल्नेछ।'

टिम र खेलतालिकाबारे अर्को पत्रकार सम्मेलन गरेर जानकारी दिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell