PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला आउनुअघि कडा पारियो सर्वोच्चको सुरक्षा



पहिलोपोस्ट

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला आउनुअघि कडा पारियो सर्वोच्चको सुरक्षा

काठमाडौं : सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ सकिएको छ। मुद्दाको सुनुवाइ सकिएकाले फैसला आजै आउन सक्ने जनाइएको छ।

मुद्दाको फैसला आउन सक्ने भएपछि सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च परिसरमा उल्लेख्य मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ।

शुक्रवार मुद्दाको पक्ष र विपक्षमा रहेका अधिवक्ताहरुले संवैधानिक इजलासमा बहस सम्पन्न गरेका हुन्। रविविरुद्धको मुद्दा सरकारवादी मुद्दा भएपनि सरकारी पक्षले नै रविको पक्षमा वकालत गरेका थिए।

अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell