PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने



पहिलोपोस्ट

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन्।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन। राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell