PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

लायन्स क्लब्स इन्टरनेश्नल 'डिष्ट्रिक्ट ३२५ जे नेपाल'को पहिलो वार्षिक कन्भेन्सनको मिति तय



पहिलोपोस्ट

लायन्स क्लब्स इन्टरनेश्नल 'डिष्ट्रिक्ट ३२५ जे नेपाल'को पहिलो वार्षिक कन्भेन्सनको मिति तय

काठमाडौं : लायन्स क्लब्स इन्टरनेश्नल 'डिष्ट्रिक्ट ३२५ जे नेपाल'को पहिलो वार्षिक कन्भेन्सन आगामी चैत ११ गते हुने भएको छ। गत आइतबार डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले कन्भेन्सन कल गरेका हुन्।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहको सभाहलमा कार्यक्रम हुनेछ। यो क्लब लामो समयदेखि स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सहायता, नेतृत्व विकास साथै जनचेतनामुलक कार्यमा समर्पित छ।

यस डिष्ट्रिक्ट अन्तर्गत रहेका १२ जिल्लाका ८ सयदेखि १ हजार जना लायनहरुको उपस्थितिमा कन्भेन्सन सम्पन्न हुने डिष्ट्रिक्ट एडमिनिस्ट्रेटिभ चिफ मीलनबाबु मल्लले जानकारी दिए। कन्भेनरको जिम्मेवारीसमेत मल्लले पाएका छन्।

अधिवेशनमा वार्षिक उपलब्धीहरुको समीक्षा, पुरस्कार वितरण लगायतका गतिविधिसहित आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको मल्लले बताए।

कार्यक्रम व्यवस्थापन गर्नको लागि काठमाडौं क्षेत्रका ३ वटा लायन्स क्लबहरु लायन्स क्लब अफ काठमाडौं अग्रणी, काठमाडौं बनस्थली र काठमाडौं उपकारले होस्ट क्लबको जिम्मेवारी प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell