PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निचोड : एमालेलाई धोका दिएको होइन



पहिलोपोस्ट

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निचोड : एमालेलाई धोका दिएको होइन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निचोड निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांश नेताले राष्ट्रपतिमा कांग्रेस, एमालेसहितको सहमति खोज्नुपर्नेमा जोड दिएका थिए। 'राष्ट्रिय सहमति कहाँ हुन्छ, त्यहाँ राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ। राष्ट्रिय सहमति हुन्छ कि हुन्न यो हाम्रो मत हो। एमाले सहितकै हो, एमालेलाई धोका दिएको होइन,' बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने।

बिहीवारबाट शुरु भएको बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा २७ जना स्थायी कमिटी सदस्यले आफ्नो मत राखिसेका छन्। संगठन विभागका तर्फबाट जनार्दन शर्मा र विभिन्न पार्टीसँगको एकता पहलबारे उपाध्यक्षसमेत रहेका महराले प्रतिवेदन पेश गरेका थिए। उपमहासचिव गिरिराजमणि पोखरेलले स्कुल विभागका तर्फबाट प्रतिवेदन पेश गरेको महराले बताएका छन्। प्रचण्डले बिहीवार नै राजनीतिक प्रतिवेदन पेश गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell