PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

रवि लामिछानेको सांसद पद खारेज



पहिलोपोस्ट

रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ।

संवैधानिक इजलाजले उनको पद खारेज गरेको हो। यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको मन्त्री पदसमेत गएको छ।

अधिवक्ता रविराज बसौला र युवराज सफलले रविको संसद् सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेका थिए। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नवीकरण नगरेको आरोपमा विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरुद्ध रिट परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell