PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

मन्त्री बनेको एक महिनामा रवि लामिछानेको सांसद पद खारेज



पहिलोपोस्ट

मन्त्री बनेको एक महिनामा रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं : उपप्रधान तथा गृह मन्त्रीमा शपथ लिएको ठीक एक महिनापछि रवि लामिछानेको सांसद पद खारेज भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछाने गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएपछि सत्तामा सहभागी भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शीतल निवास पुगेर पुस ११ गते साँझ उपप्रधान तथा गृहमन्त्रीका रुपमा लामिछानेले शपथ लिएका थिए। अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनप्राप्ति नगरेको भन्दै अधिवक्ताहरु रविराज बसौला र युवराज सफलले उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell