PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

रवि लामिछाने भेट्न श्रम मन्त्री अर्याल पुगे गृह मन्त्रालय



पहिलोपोस्ट

रवि लामिछाने भेट्न श्रम मन्त्री अर्याल पुगे गृह मन्त्रालय

काठमाडौं : सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमाएका रवि लामिछाने गृह मन्त्रालयमा छन्। उनलाई भेट्न अहिले श्रम मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्याल अहिले मन्त्रालय पुगेका छन्।

सांसद पदसँगै लामिछानेको मन्त्री पद पनि गएको छ। अब सरकारमा कसले नेतृत्व गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा रास्वपामा छलफल हुने बताइएको छ। लामिछाने भने निजी सवारीमा घर जाने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell